मंसिर ११, काठमाडौं । बिहीवार दोस्रो घण्टामा नेप्से परिसूचक २९ दशमलव ७३ अंकले बढेर १ हजार ९०४ दशमलव ५४ विन्दुमा पुगेको छ ।
कारोबार शुरु भएदेखि नै उतारचढाबमा रहेको बजार कारोबारको दोस्रो घण्टामा १ दशमलव ५९ प्रतिशत बढेको छ ।
दोस्रो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको रू. ४ अर्ब ३६ करोड १० लाख बराबरको ९० लाख ९५ हजार ८८२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ३८ हजार ५६२ पटकको व्यापारमा भएको हो ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ ।
कारोबारको दोस्रो घण्टामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नबिल बैंक र आँखुखोला हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३८ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३५३ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार १४१ मा रू. २२ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।