मंसिर ११, काठमाडौं । नेप्से परिसूचक हालसम्मकै कीर्तिमानी उचाईमा पुगेको छ । बिहीवार कारोबार भएको २ घण्टाको अवधिमा १ हजार ९०८ दशमलव १३ बिन्दुमा पुगेको छ ।
बिहीवार नेप्सेले यस अघिको उच्च बिन्दु १ हजार ८८१ बिन्दु पार गरेर उक्त बिन्दुमा पुगेको हो । यस अवधिमा १९० ओटा कम्पनीको रू. ४ अर्ब १५ करोड ६२लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १२ समूह मध्ये सबैभन्दा बढी बैकिङ समूहको परिसुचक २ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।