ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३२.५१ अंकले बढ्यो नेप्से, ४ ओटा कम्पनीको शेयरमूल्य ९%भन्दा बढीले वृद्धि (२ बजेको अपडेट)

२०७७ मंसिर, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ११, काठमाडौं । बिहीवार तेस्रो घण्टामा नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले बढेर १ हजार ९०७ दशमलव ३२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ७३ प्रतिशत बढेको हो ।

तेस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. ५ अर्ब ७२ करोड ९५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ६ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ६ ओटा समूहको परिसूचक घटेको छ । जसमध्ये सबैभन्दा बढी बैकिङ समूहको परिसूचक ३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारको तेस्रो घण्टामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत, पाँचथर पावर कम्पनीको ९ दशमलव ९५, आँखुखोला हाइड्रोपावरको ९ दशमलव ५९ र नबिल बैंकको ९ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४६ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६४ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्