ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भीमफेदी–कागते–सिस्नेरी सडकखण्डको निर्माण कार्य द्रुतगतिमा

२०७७ मंसिर, ११  
वाग्मती प्रदेश
Image Not Found

मंसिर ११, हेटौँडा । मकवानपुरको भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम द्रुतगतिमा भइरहेको छ ।

संघीय सरकारको रू. ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको काम द्रुतगतिमा भइरहेको हो । रू. २६ करोडको लागतमा नालीसहित पक्की सडक र रू. आठ करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको छ । 

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा २६ किलोमिटर सो सडकखण्ड निमार्णको काम भइरहेको बताइएको  छ  ।

सडक निमार्णसँगै भीमफेदी कोगटेमा दुई ओटा पुल निमार्णको काम पनि अघि बढाइएको छ । सो सडकखण्ड र पुल निर्माण कार्यको बिहीवार प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेका हुन् । 

अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताए । उनले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । 

यसैगरी, भीमफेदीको गट्टेखोलामा दुई ओटा पक्की पुलको निर्माण शुरु भएको छ । उक्त पुल र सडक निर्माण भएपछि स्थानियवासीलाई आवातजावत र व्यावसायिक कारोबार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्