ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेलायतमा कारको उत्पादन १८ प्रतिशत घट्यो 

२०७७ मंसिर, ११  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ११, लन्डन (बेलायत) । कोरोना भाइरसको महामारीबीच बेलायतमा कारको उत्पादन घटेको छ । त्यहाँको कार उत्पादक तथा विक्रेता कम्पनीहरुको समूहले बिहीवार यस्तो बताएको हो । 
अक्टोबरमा बेलायतमा १ लाख १० हजार १७९ थान कार उत्पादन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव २ प्रतिशत कम हो । यसले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनले माग निरन्तर प्रभावित पारेको संकेत गरेको छ । 

यो सँगै गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो १० महीनामा कारको विक्री एक तिहाईले घटेर ४ लाख ४३ हजार थानमा आएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्