ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सनराइजको ‘सनराइज स्मार्ट बचत खाता’

२०७७ मंसिर, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सनराइज बैंकले अनलाइनबाटै तुरुन्तै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकलाई पृथक र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सन्राइज स्मार्ट बचत खाता’ ल्याएको हो ।

यसमा ग्राहकले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । खाता सक्रिय भएपछि ग्राहकले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबार पनि गर्न सक्ने बैंकले बताएको छ ।

शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याजसमेत दिने बैंकले जनाएको छ । उक्त खाताका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी आफैंले मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

खाता खोल्न र उल्लिखित कारोबार गर्न ग्राहकले बैंक जानुपर्ने छैन । तर, ग्राहकले आफ्नो अनुकूलताअनुरुप  खाता खोलेको १ वर्षभित्र बैंकमा आएर खाता भने अद्यावधिक गर्नुपर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्