काठमाडौं (अस) । एनएमबी बैंकले बुटवलको देवीनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार भर्चुअल माध्यमबाट सो शाखाको शुभारम्भ गरेको हो ।
योसँगै बैंकको शाखा संख्या १ सय ७३ पुगेका छन् । लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २८ पुगेका छन् ।
बैंकले ८ विस्तारित काउन्टर र १ सय ३५ एटीएमसहित ग्राहककलाई वित्तीय सुविधा दिँदै आएको छ ।