ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२५ जनाले लिए लघु उद्यमशीलता विकास

२०७७ मंसिर, १२  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । भर्चुअल माध्यमबाट २५ जनाले लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान तथा विकास विषयक दुई दिने तालिम प्राप्त गरेका छन् ।

स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको उक्त भर्चुअल तालिममा २५ वटा लघुवित्त संस्थाका १९  शाखा प्रबन्धक र ६ जना अधिकृत तहका कर्मचारी सहभागी थिए ।
०७७ मंसिर ९ र १० गते भएको तालिम  समापन अवसरमा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तमार्फत गरिब, विपन्न तथा दिनहीनहरूको अवस्था माथि उकास्न शाखा प्रबन्धकहरूको मुख्य भूमिका हुने बताए । तालिमले सहभागीहरूमा निखारता ल्याएकोे विश्वास उनले व्यक्त गरे ।

सहभागीहरूले हाल धुमिलिँदै गएको लघुवित्तको छवि सुधार्नसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे । ‘ऋण दिने र ब्याज असुली गर्ने मात्र नभई गरिब, विपन्न र दिनहीनहरूलाई प्राथमिकताका साथ स्वरोजगार र उद्यमी बनाउनु लघुवित्तको मूल मर्म हो । उनीहरूलाई कामदार होइन, उद्यमी बनाउनु जरुरी छ र यसका लागि शाखा प्रबन्धकहरूले थप मिहिनेत गर्नु जरुरी छ’, श्रेष्ठले भने ।

सो अवसरमा सहभागीहरूले तालिममा सिकेको ज्ञानले आगामी दिनमा लघुवित्तको मर्मअनुसार काम गर्न सघाउ पुग्ने अनुभव सुनाएका थिए । कार्यक्रममा केन्द्रका कार्यकारी प्रमुख बेचन गिरिले लघुउद्यशीलता विकासमा स्वावलम्बन विकास केन्द्रले लघुवित्त संस्थाहरूको ज्ञान र क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरेको जानकारी दिए ।

तालिममा समावेश विषयवस्तुको सहजीकरण मेड इन नेपालका उद्यमशीलता विकासविज्ञ तथा स्वावलम्बन विकास बैंकका उपनिर्देशक गोकुल प्याकुरेलले गरेका थिए । उद्यमशीलता विकासमा २० वर्षभन्दा लामो अनुभव सँगालेका प्याकुरेल विश्व बैंक टोकियो र आईएलओ जेनेभाबाट प्रशिक्षक तालिम प्राप्त हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्