ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनसेल सेन्टर

२०७७ मंसिर, १२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । कोरोना भाइरसको महामारीबीच सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कम्पनीले सेन्टरबाट सेवा प्रवाह गर्न थालेको हो ।
यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा–सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरमा आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायत सेवा प्राप्त गर्न सक्छन् । सेन्टर सातै दिन बिहान ९ देखि ५ः३० बजे सम्म खुला रहने कम्पनीले बताएको छ । योसँगै देशका विभिन्न स्थानमा सञ्चालित एनसेल सेन्टरको संख्या ३२ पुगेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्