ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाटन औद्योगिक क्षेत्रका १४ उद्योग बन्द

२०७७ मंसिर, १२  
१० वर्ष अघि
NA

पाटन औद्योगिक क्षेत्रभित्र रहेका १०८ वटा उद्योगमध्ये १४ वटामत्रै सञ्चालनमा छन् । औद्योगिक क्षेत्रभित्रको नेपा काष्ठकला उद्योग ९ वर्षदेखि बन्द अवस्था छ । २०३६ सालमा स्थापना भएको यस उद्योगले काठका सामानहरू उत्पादन गर्दै आइरहेको थियो । सुरुमा पारिवारिक÷आर्थिक कारणले केही सयम उद्योग बन्द गर्नुपरे पनि पछि प्रशासनले सधैंका लागि उद्योग बन्द गर्न दबाव दिएको सञ्चालिका मेनुका श्रेष्ठ बताउँछिन् । ‘उद्योग पुनः सञ्चालन गर्न ऋण माग्न जाँदा औद्योगिक क्षेत्र प्रशासनले ऋण नदिन बैंकलाई भनेको थाहा पाइयो । वरपरका उद्योगी व्यवसायीहरूलाई समेत बन्द हुन लागेको उद्योगलाई सहयोग नगर्न दबाब दिएकाले गाह्रो परेको हो,’ श्रेष्ठ भन्छिन् । उद्योगहरू बन्द हुनु र खुल्नु स्वाभाविक भएको औद्योगिक क्षेत्रका कामु प्रबन्ध निर्देशक लक्ष्मीकुमार मास्के बताउँछन् । उनी भन्छन्, ‘औद्योगिक क्षेत्रभित्रका विभिन्न समस्याहरूका कारण उद्योग बन्द हुने र खुल्ने भइरहन्छ ।’

चालू रहेका उद्योगहरू पनि दैनिक एक सिफ्ट मात्रै सञ्चालन भइरहेको मास्केले बताए । पानी र बिजुलीको अभाव तथा कामदारहरूको अवरोधले ठूलो समस्या खडा गरेको उनले जानकारी दिए । पाटन औद्योगिक क्षेत्रले आफ्नो परिसरभित्र रहेका सबै उद्योगलाई नियमित र सहज रुपमा सञ्चालन गर्न सक्दो सहयोग गरेको मास्केको दाबी छ । पाटन औद्योगिक क्षेत्रमा उमामहेश्वर तयारी पोसाक, एभरेस्ट निटवेयर्स इन्डस्ट्रिज, शक्तिफुड प्रालि गरी ६ वटा नयाँ उद्योगहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्