ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामाजिक सुरक्षा कि असुरक्षा ?

२०७७ मंसिर, १२  
पाठक विचार
NA

सरकारले नयाँ युगको शुरुआत भन्दै प्रचार गरेको सामाजिक सुरक्षा कोष योगदानकर्ताका लागि असुरक्षाको विषय बनेको छ । कोषमा जम्मा हुने रकम योगदानकर्ताको हो । तर, योगदानकर्ताले ६० वर्ष पुगेपछि पेन्सन सुविधा प्राप्त गर्न सक्छन् । बीचमा कुनै समस्या आइपरेमा त्यो कोषको रकम प्रयोग गर्न पाउँदैनन् । नागरिक लगानी कोष र सञ्चय कोषमा जम्मा गरेको रकमबाट धेरै कामदार कर्मचारीले घरघडेर जोड्न सहयोग पाएका छन् । केटाकेटीको शिक्षादीक्षाका लागि ठूलो भरथेग मिलेको छ । त्यस्तै अन्य आपत् पर्दा सापटी लिएर काम चलाउन निकै सजिलो भएको छ । अर्थात् यसले साँचीकै सामाजिक सुरक्षाको काम गरेको छ । तर, सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूको कारणवश जागीर छुटेमा वा कोषमा आबद्ध हुन नचाहेमा जम्मा गरेको रकमसमेत खेर जाने देखिन्छ । योगदानकर्ताले त्यो रकम पाउँदैनन् ।

योगदानकर्ता रोजगारीबाट हटेमा पेन्सनका लागि ६० वर्षसम्म कुर्नुपर्ने नियम नै अव्यावहारिक छ । योगदानकर्तालाई बीचैमा रकम आवश्यक परेको खण्डमा आप्mनो पाकेको तलबको ३१ प्रतिशत रकम जम्मा गरेर पनि केही नपाउने अवस्था भनेको सामाजिक सुरक्षा होइन, असुरक्षा हो । त्यही असुरक्षाको अनुभूति भएकाले कर्मचारीहरू सञ्चय कोष वा नागरिक कोषमा जान रुचाएका हुन् । सामाजिक सुरक्षा कोषलाई अनिवार्य पनि गर्ने अनि कर्मचारीलाई सुविधा पनि नदिने राज्यको नीतिले गर्दा योगदानकर्ताहरू यसलाई असुरक्षा कोषको नाम दिन रुचाउँछन् ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाबाट योगदानकर्ताले सञ्चित रकममध्येबाट आवश्यकता परेको खण्डमा केही रकम झिक्न पाउने अभ्यास प्रचलनमा छ । रोजगारीका सिलसिलामा विदेशी योगदानकर्ताको मृत्यु भएको अवस्थामा रकम के गर्ने भन्ने छैन । कसैले जागीर छाडेर स्वरोजगार बन्छु भन्यो भने जम्मा भएको सबै रकम सरकारलाई सुम्पिनुपर्ने देखिन्छ । सरकारले ठूलो प्रचार गरेको सामाजिक सुरक्षाले कसरी योगदानकर्ताको सुरक्षा भयो त ?

श्रीषा न्यौपाने
बुढानीलकण्ठ, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्