ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति विकास बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १२ मंसिर २०७७)

२०७७ मंसिर, १२  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीले चालू आवको पहिलोे त्रैमासमा रु. १३ करोड १५ लाख २३ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा ४ दशमलव ६९ प्रतिशत कमी आएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले रु.१३ करोड ७९ लाख ९५ लाख मुनाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो ।

कम्पनीको चुक्ता पुँजी रु. ३ अर्ब ४९ करोड ५२ लाखभन्दा बढी रहेको छ । बिहिवार कम्पनीको शेयर मूल्य रु. २१४ कायम भएको छ । यस दिन कम्पनीको १५ हजार ६४ हजार ४५२ कित्ता शेयर खरिद बिक्री भएको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६१ द्यशमलव ८६ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १ दशमलव ८९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम र प्रतिफल पनि कमै प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. २१४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २०९ मा टेवा पाउने र महँगिए रु. २१८ मा प्रतिरोध पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्