ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाइटेड इदी–मर्दीको आईपीओ प्रि –अलोटमेण्ट सम्पन्न, आइतवार बाँडफाँटको सम्भावना 

२०७७ मंसिर, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १२, काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ प्रि –अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रवार प्रि –अलोटमेण्ट सम्पन्न भएको जानकारी दिएको हो । 

प्रि –अलोटमेण्ट भएको तीन दिनभित्र आईपीओ बाँडफाँट गरिसक्नुपर्ने व्यवस्था छ । सम्भवतः आइतवारभित्र बाँडफाँट गरिने विक्री प्रबन्धकले जानकारी दिएको छ । 

उक्त कम्पनीको आईपीओमा मागभन्दा १२ गुणा बढी आवेदन परेको छ । उक्त कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो । 

स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयरसमेत जोडर सर्वसाधारणका लागि कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ४३ हजार ६९६ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ ।

उक्त कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मर्दीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विसं २०७६ साल असोज २० गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ ।

हाल रू. ३१ करोड ५० लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपश्चात यो पूँजी रू. ४२ करोड पुग्नेछ । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ स्थानियमा १० र अन्य सर्वसाधारणमा १५ प्रतिशत गरी २५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्