ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ९३ लाख नाघ्यो    

२०७७ मंसिर, १२  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १२, नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार बताएको छ ।     

भारतमा विगत २४ घण्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।     
     
हाल भारतमा ९३ लाख ९ हजार ७८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८७ लाख १८ हजार ५१७ व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ५५ हजार ५५५ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २० औं दिन हो ।     
     
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४९२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७१५ पुगेको छ ।     
     
भारतभरी सवैभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८७ हजार १४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् । त्यसपछि केरलामा ६४ हजार ६१५ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् ।     
     
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १३ करोड ७० लाख ६२ हजार नमूना परीक्षण गरेको बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताएका छन् ।     रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्