ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्युत् प्रणाली सुधार र स्तरोन्नतिका लागि १८ अर्ब ऋण सहयोग गर्दै एडीबी

२०७७ मंसिर, १२  
समाचार
Image Not Found

मंसिर १२, काठमाडौं । नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करीब रू. १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

बैंकले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवम् विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागेको हो । 

नेपालमा विद्युत्को पहुँच अधिक जनसंख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण सहयोग प्रभावकारी हुने विश्वास लिएको छ । 

यस्तै प्राधिकरणको संस्थागत सुदृढीकरण एवम् आधुनिकीकरण गर्दै  काठमाडौं उपत्यकामा स्मार्ट मिटरको जडान कार्यलाई तीव्र रुपमा अगाडि बढाइनेछ । 

देशभरका ग्रीड सबस्टेसनको स्वसञ्चालन एवम् विभिन्न क्षेत्रमा वितरण र प्रसारण प्रणालीलाई आधुनिकीकरण गरिनेछ । ती सबै काम प्राधिकरणले गर्नेछ ।

नेपालको ऊर्जा क्षेत्रको संस्थागत सुधारमा सक्रियताका साथ सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै एडीबीका ऊर्जा विशेषज्ञ जीवन आचार्यले सो परियोजनाले भरपर्दो एवम् गुणस्तरीय बिजुली आपूर्ति गर्न सहयोगलाई निरन्तरता दिएको बताए । 

यस्तै २२०/१३२ केभी क्षमताका सबस्टेसनलाई स्वचालित बनाउन, ११३ किलोमिटर लामो नयाँ प्रसारण लाइन निर्माण एवं १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति गर्दै काठमाडौं उपत्यकाका ३५ हजार घरमा स्मार्ट मिटर जडानका लागि उक्त सहयोग रकम खर्च हुनेछ । यस्तै उपत्यकामा विद्युत् वितरण प्रणालीको नियन्त्रण कक्ष पनि निर्माण गरिनेछ ।

प्राधिकरणको संस्थागत क्षमतालाई वृद्धि गर्दै व्यावसायिक योजना लागू गर्न, स्वचालित ग्रिड सबस्टेसनमा काम गर्ने कर्मचारीलाई तालीम दिनेलगायतका काममा बैंकको उक्त सहयोग परिचालित हुनेछ । रासस

प्रतिक्रिया [1]
User Image

Ramram

[Nov 28, 2020 12:46am]

Nea afai sakxam xa. Debt kebal curruption ka lagi liyeko ho.


प्रतिक्रिया दिनुहोस्