ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु        

२०७७ मंसिर, १३  
कर्णाली प्रदेश
Image Not Found
सांकेतिक चित्र

मंसिर १३, जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ ।     
     
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

 दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए । जीप चालक फरार रहेको प्रहरीले बताएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्