मंसिर १३, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला - नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले पराजित गरेका हुन् ।
वस्तुगततर्फको उपाध्यक्षमा दिनेशलाल श्रष्ठ किशोर प्रधान समूह र गुणनिधि तिवारीले चन्द्र ढकाल समूहबाट उमेदवारी दिएका थिए । श्रेष्ठले ५८ मत प्राप्त गरेका छन् भने तिवारीले ४७ मत मात्र प्राप्त गरेका छन् ।
अन्य पदको लागि मतगणना जारी छ ।