ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर कास्कीमा

२०७७ मंसिर, १४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई दृष्टिगत गरेर बैंकले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा शुक्रबारदेखि काउन्टर सञ्चालनमा ल्याएको हो ।

काउन्टरको उद्घाटन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

हाल बैंकका २ सय ६४ शाखासहित २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क
कार्यालय रहेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्