ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खाजामा अब फर्सी र सूर्यमुखीको बियाँ

२०७७ मंसिर, १४  
१० वर्ष अघि
NA

प्रायः नेपालीलाई फर्सीको तरकारी र सूर्यमुखी तेलको मात्र स्वाद थाहा छ । केहीले फर्सी वा सूर्यमुखीको बियाँ चाखेका भए पनि तिनलाई खानाकै रूपमा खान सकिने कुरा पनि धेरैलाई अनौठो लाग्न सक्छ । तर अब फर्सी र सूर्यमुखीको बियाँ र यसबाट बनेका चकलेट पनि नेपालीले धित मर्ने गरी खान पाउने भएका छन् । थाई कम्पनी फ्लावर फुड्सले फ्लावर फुड ब्रान्डमा उत्पादन गरेको बियाँ तथा चकलेट साइसा इन्टरनेसनलले नेपाली बजारमा भित्र्याएको छ । युरोपियन स्तरको भएको दाबी गरिएको यो उत्पादन नेपाली बजारका लागि भने नौलो हो ।

फ्लावर फुडले सन् १९९० देखि फर्सी र सूर्यमुखीको बियाँबाट विभिन्न खाद्य वस्तु उत्पादन गर्दै आएको छ । यी उत्पादन युरोप, अमेरिका, थाइल्यान्डलगायतका देशमा स्न्याक्स वा खाजाको रूपमा लोकप्रिय छन् । खाद्य उत्पादनको रूपमा बियाँको आयात नेपालमा पहिलोपटक भएको साइसाले बताएको छ । नेपाली बजारमा फ्लावर फुडको बजार सम्भावना अत्यधिक देखिएकाले भित्र्याइएको कम्पनीले बताएको छ । विदेश जाँदा फर्सी र सूर्यमुखीको बियाँ खाएको आफ्नै अनुभवले यसलाई नेपाली बजारमा ल्याउन उत्प्रेरित गरेको साइसा इन्टरनेसनलका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले बताए ।

रोस्टेड पम्प्किन, हनी रोस्टेड पम्प्किन, रोस्टेड सनफ्लावर, हनी रोस्टेड सनफ्लावर, थाई स्पाइस सनफ्लावर, रोस्टेड सनफ्लावर विथ गार्लिक गरी कम्पनीले यसलाई विभिन ६ स्वादमा बजारमा ल्याएको छ । यो पूर्ण रूपमा तयारी उत्पादन भएको हुँदा खाजाको रूपमा सजिलै खान सकिनेछ ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्