ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पावर ट्रान्समिसन कम्पनीको १२औं साधारण सभा मंसिर ३० गते

२०७७ मंसिर, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १४, काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस १३ गते बोलाएको छ । 

सभा ने.वि.प्रा.को सभाहल दरवारमार्ग, काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
सभाले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश वितरण स्वीकृति प्रदान गर्नेछ ।

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र विविध विषयमा छलफल गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्