ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ बजेटको प्राथमिकतामा कृषि र पर्यटन

२०७७ मंसिर, १५  
१० वर्ष अघि
NA

आगामी आवको बजेटमा कृषि र पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने जानकारी योजना आयोगका सदस्यले दिएका छन् । तराईमा हरितक्रान्ति र पहाडमा श्वेतक्रान्ति (दूध) ल्याउने गरी कृषिमा फड्को मार्न खोजेको आयोगका सदस्य प्राडा सुबोधनारायण झाले बताएका छन् । पर्यटन क्षेत्र दोस्रो प्राथमिकताको क्षेत्र हुनेछ । यी दुवै क्षेत्रलाई अघि बढाउँदा देशको खाद्य सुरक्षा र आर्थिक विकास दुवै सबल बन्न सक्ने धारणा उनको छ । कृषि तथा सहकारी मन्त्रालयद्वारा यही वैशाख १७ गते आयोजित आव २०६६–६७ को द्वितीय चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सो जानकारी दिएका हुन् । उनका अनुसार नेपालको अर्थतन्त्रको अधोगति हुनुमा कृषि क्षेत्रलाई बेवास्ता गरिनु हो । ३५–४० वर्षपछि यस पटकको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको दाबी पनि उनको थियो ।

नयाँ नेपालको अर्थतन्त्र सबल बनाउने दृष्टिकोण स्पष्ट भइसकेकाले विकासको यो रणनीतिलाई आधार बनाएर अब हुने राष्ट्रिय विकास परिषद्को बैठकमा ‘एप्रोच पेपर’ प्रस्तुत गरिन लागेको र दातृ निकायहरू पनि खुसी भएको उनी बताउँछन् ।

अब कृषि तथा पर्यटनको विकास राष्ट्रिय एवं क्षेत्रीय सन्तुलन र रोजगारी एवं समावेशीकरणका आधारमा हुने धारणा उनको छ । अन्तर्निकायबीचको समन्वयको अभाव र प्रतिबद्धताको कमी कृषि क्षेत्रले अहिलेसम्म भोग्दै आएको छ । अब नयाँ सोच र जाँगरका साथ योजना कार्यक्रम बनाउनुपर्ने र त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।  

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्