ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सम्पदा पुनर्निर्माणमा ढिलासुस्ती

१४ ओटा मात्र सम्पन्न, ४१ अझै बाँकी

२०७७ मंसिर, १५  
वाग्मती प्रदेश
NA
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको ११० वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माण नहुँदा अझै टहरामै छ । पुराताŒिवक सम्पदाको रूपमा रहेको ऐतिहासिक मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो ।

कृष्ण मन्दिरजस्तै भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकका ४१ ऐतिहासिक एवम् पुरातात्त्विक सम्पदा पुनर्निर्माण हुन सकेको छैन । पुरातत्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बद्ध निकायले चासो नदिँदा गुम्बा तथा मन्दिरहरू अलपत्र परेको स्थानीय बताउँछन् । ‘हामीले कृष्ण मन्दिरको पुनर्निमार्णका लागि सरकारी निकायहरूलाई अनुरोध गरिरहेका छौं,’ श्रीकृष्ण गुठीका गुठियार सुरेश कसजूले भने, ‘तर चासो दिएको पाइएको छैन ।’ मन्दिर निर्माण नहुँदा श्रद्धालुहरूलाई समस्या परिरहेको उनले बताए । भूकम्पले जिल्लाका ५५ ऐतिहासिक एवम् पुराताŒिवक सम्पदामा क्षति पु¥याएको थियो, जसमध्ये हालसम्म १४ ओटाको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ ।

१९११ सालमा तिब्बती सेनासँग लडाइँ गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको अगुवाइमा बनेको ऐतिहासिक दुगुनागढी, इन्द्रावती गाउँपालिका नवरपुरमा रहेको नवलपुर भीमसेन मन्दिर, हेलम्बु गाउँपालिकाको इचोकमा रहेको महाकालेश्वर मन्दिर, बाँसखर्कमा रहेको ढुंगेधारा सहितको सत्तल, भोटेकोशी गाउँपालिकाको लिस्तीमा रहेको उग्रचण्डी माई मन्दिर र भगवान् चैत्य, बलेफी गाउँपालिकाको फुल्पिङडाँडामा रहेको रक्तकाली मन्दिर, बाह्रबिसे नगरपालिकाको राम्चेमा रहेको भीमसेन मन्दिर लगायत पुराताŒिवक सम्पदा पुनर्निर्माण भएका छन् ।

पुनर्निर्माण गर्नुपर्ने अधिकांश सम्पदाको जिम्मा पुरातत्त्व विभागले लिएको छ । ‘हामीले सिन्धुपाल्चोकका ४३ ओटा पुरातात्त्विक सम्पदा पुनर्निर्माणको जिम्मा लिएका छौं,’ पुरातŒव विभागका सूचना अधिकृता डा. सुरेश श्रेष्ठले भने, ‘हालसम्म १३ ओटा सम्पदा पुनर्निर्माण गरिसकेका छौं ।’ मङ्सिरभित्र थप दुई सम्पदा निर्माण सम्पन्न हुने उनले बताए ।

त्यसो त राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि सम्पदाहरूको पुनर्निर्माण गरिरहेको छ । सबैले सम्पदाको महत्त्व नबुझेकाले पुनर्निर्माणमा ढिलाइ भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली बताउँछन् । ‘तीनै तहका सरकारले सम्पदालाई राम्रोसँग बुझ्ने हो भने एक वर्षभित्र सम्पदाको पुनर्निर्माण भइसक्छ,’ उनले भने । पछिल्लो पटक सम्पदाहरूलाई तीन वर्गमा विभाजन गरेर काम भइरहेको बताउँदै उनले अब पुनर्निमार्णले गति लिने विश्वास लिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली)का अनुसार पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरु थुप्रै बाँकी भए पनि बजेट अभावका कारण पूरा हुन नसकेको हो । ‘धेरै सम्पदा पुनर्निर्माण हुन सकेका छैनन्,’ जिमालीका निमित्त प्रमुख भरत आचार्यले भने, ‘मर्मतका लागि भनेर थोरै मात्र बजेट आउँछ, यसले पुनर्निर्माण गर्न पुग्दैन ।’ निजी आवासको पुनर्निर्माण अन्तिम चरणमा पुग्दा सम्पदाहरूको पुनर्निर्माण १० प्रतिशत पनि हुन नसक्नु दुःखद रहेको आचार्यले बताए । सम्पदा पुनर्निर्माणमा स्थानीय सरकारले विशेष चासो राख्नुपर्ने उनको भनाइ छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ भूकम्पले ध्वस्त बनाएको सम्पदाको पुनर्निर्माणका लागि आफूहरूले पहल गरिरहेको बताउँछन् । ‘हामीकहाँ भएका थुप्रै ऐतिहासिक सम्पदा भूकम्पले ध्वस्त बनाएको छ,’ प्रमुख तामाङले भने, ‘तिनको पुनर्निर्माण गर्न प्रदेश सरकार, संघीय सरकार र दातृ निकायहरूसँग समन्वय गरिरहेका छौं ।’

करौडौं लगानीमा पुनर्निर्माण हुँदै गुम्बा
भूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बाहरू भने करोडौं लागतमा पुनर्निर्माण हुन थालेका छन् । यो वर्ष भारतको कर्नाटक राज्य सरकारको सहयोग तथा नेपालस्थित भारतीय दूतावासको समन्वयमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा पुनर्निर्माण शुरू गरिएको छ, जसको लागत १ करोड २७ लाख १० हजार छ । सो गुम्बा पुनर्निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ । त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) मातहतबाट यो वर्ष १७ गुम्बा पुनर्निर्माण हुने भएका छन्, जसका लागि ८ करोड १८ लाख रुपैयाँ प्राप्त भएको जिमालीले बताएको छ ।

कतै बजेट फ्रिज, कतै अभाव
पुराताŒिवक सम्पदा पुनर्निर्माणमा बजेटको अभाव रहेका बताइँदै गर्दा गुम्बा पुनर्निर्माणका लागि आएको करोडौं बजेट भने फ्रिज हुँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै गुम्बा मर्मतका लागि प्राप्त रकममध्ये १ करोड ८ लाख फ्रिज भएको थियो । २८ अ‍ेटा गुम्बा मर्मतका लागि बजेट विनियोजन भए तापनि ७ ओटामा काम नै शुरू गरिएन । २८ गुम्बा मर्मतका लागि प्राधिकरणबाट ४ करोड २३ लाख रुपैयाँ निकासा भएको थियो । गुम्बा मर्मतका लागि वर्षको अन्तिमतिर अख्तियारी आएकाले त्यो रकम फिर्ता भएको जिमालीले बताएको छ । ‘यो वर्ष पूरै काम हुन्छ, हामीले गुम्बा पुनर्निर्माणका लागि सम्झौता गर्न शुरू गरिसकेका छौं,’ जिमालीका निमित्त प्रमुख भरत आचार्यले भने ।  
तथ्यांक नै छैन

जिल्लामा भूकम्पका कारण कति ऐतिहासिक एवम् पुराताŒिवक सम्पदामा क्षति पुग्यो भन्ने यकिन तथ्यांक नै छैन । ‘हामीकहाँ मठ मन्दिर, सत्तल, पाटी पौवाहरूको क्षति विवरण छैन,’ जिमालीका निमित्त प्रमुख आचार्यले भने– ‘यस्ता सम्पदाका लागि अहिलेसम्म बजेट नआएका कारण यकिन तथ्यांक निकालिएको छैन । यद्यपि जिल्लाका १९० ओटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने देखिएको छ ।’

जिमालीले १९० गुम्बामा क्षति पुगेको बताए पनि पुरातŒव विभागको तथ्यांकमा २०३ गुम्बामा क्षति पुगेको उल्लेख छ । विभागको प्रारम्भिक तथ्यांक अनुसार सिन्धुपाल्चोकका १९ ऐतिहासिक एवम् पुरातात्त्विक सम्पदा अति प्रभावित भएको देखिए पनि पछिल्लो तथ्यांक अनुसार ५५ सम्पदा पुनर्निर्माण गरिनुपर्ने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्