ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

२०७७ मंसिर, १५  
वाग्मती प्रदेश
NA

काठमाडौं । लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा करीब ९ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभाग र प्रवर्द्धक कम्पनीका तर्फबाट आइतवार एक सार्वजनिक सूचना जारी गरिएको छ ।

चेपे खोलाको पानी प्रयोग गरी गोरखाको अजिरकोट गाउँपालिकामा आयोजनाको विद्युत्गृह स्थापना हुनेछ । नदी प्रवाही प्रकृतिको आयोजनाबाट कुल ८ दशमलव ८३ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना चेपे खोलाको बायाँ किनारमा पर्दछ ।

विद्युत् उत्पादनका लागि खोलाको पानीलाई ३ हजार ११९ मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पठाइनेछ । विद्युत्गृहमा ४ दशमलव ७ मेगावाट क्षमताका दुईओटा टर्वाइन जडान गरिनेछ । उत्पादित विद्युत् २८ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित स्थानीय कीर्तिपुर सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट २०८० जेठ २९ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्