काठमाडौं (अस) । औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्ष पदमा एन आई सी एशिया बैंकका सञ्चालक तथा उद्योगी व्यवसायी रामचन्द्र संघई निर्वाचित भएका छन् । ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायमा सफल उद्योगी व्यवसायीको रुपमा रहँदै आएका संघई त्रिवेणी ग्रुपका निर्देशक हुन् । गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।