ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा पर्यटन परिषद्को अध्यक्षमा भट्टराई

२०७७ मंसिर, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कास्की । पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । शुक्रबार भएको परिषद्को ११ औं अधिवेशन तथा २० औं वार्षिक साधरणसभाबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्नेछ ।

अधिवेशन उद्घाटन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । कार्यक्रममा मन्त्री गुरुङले फेवातालको सीमांकन तीन महिनाभित्र सक्ने गरी काम भइरहेको जानकारी दिए । ‘लामो समयदेखि विवादित सीमांकनको काम सकेर मुआब्जा वितरण सुरु गर्ने योजना छ’, मुख्यमन्त्री गुरुङले भने । मुख्यमन्त्री गुरुङले पूर्वराजाहरुले प्रयोग गर्दै आएको फेवाताल किनारमा अवस्थित हिमागृह, रत्नमन्दिर सर्वसाधारणका लागि तीन महिनाभित्र खुला गरेर पर्यटन स्थल बनाइने मुख्यमन्त्री गुरुङले दाबी गरे । कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारी, परिषद्का संस्थापक अशोक पालिखेलगायतले पर्यटन विकासका लागि फरक योजना ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्