ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा ३०.१० अंकले बढ्यो नेप्से, नेपाल बङ्गलादेश बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३० दशमलव १० अंकले बढेको छ । यस अवधिमा नेप्से १ दशमलव ५३ प्रतिशत बढेर १ हजार ९९८ दशमलव ३७ विन्दुमा पुगेको हो । 

तेस्रो घण्टाको अवधिमा १९८ ओटा कम्पनीको रू. ६ अर्ब ८३ करोड ३९ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको तेस्रो घण्टामा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ७०, नेपाल बङ्गलादेश बैंकको ९ दशमलव ६९ र रसुवागढी हाइड्रोपावरको ९ दशमलव ६१ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म नेपाल बङ्गलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३२ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३१७ मा कारोबार भइरहेको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये विकास बैंक, वित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, उत्पादन तथा प्रशोधन, जलविद्युत, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ३४ प्रतिशतले बढेको छ । त्यसैगरी जीवन बीमा समूहको परिसूचक ६ दशमलव ६९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्