ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी बढ्यो 

२०७७ मंसिर, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । कात्तिक मसान्तसम्म नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी वृद्धि भएको छ । नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको एनएभी बढेको हो । 

नबिल इक्विटी फण्डको एनएभी असोज मसान्तसम्म रू. १० दशमलव ९४ रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. ११ दशमलव ५६ पुगेको छ । त्यसैगरी, नबिल ब्यालेन्स फण्ड २ को एनएभी असोज मसान्तमा रू. ११ दशमलव शून्य ५ रहेकोमा कात्तिक मसान्तमा रू. ११ दशमलव ५८ पुगेको हो । 

यी दुवै योजनाको एनएभी बढेसँगै नाफामा पनि वृद्धि भएको छ । नबिल ब्यालेन्स फण्ड २ ले असोज मसान्तमा रू. ८ करोड ९८ लाख ९४ हजार नाफा कमाएकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. १४ करोड ९० लाख ४८ हजार पुगेको हो । 

त्यसैगरी, नबिल इक्विटी फण्डले कात्तिक मसान्तसम्म रू. १९ करोड १७ लाख १५ हजार नाफा कमाएको छ । यस योजनाले असोज मसान्तसम्म रू. ११ करोड ४६ लाख ४२ हजार नाफा कमाएको थियो । 

यस योजनाले कात्तिक मसान्तसम्म सूचीकत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. १ अर्ब १५ करोड २९ लाख ९४ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब २१ करोड ९१ लाख ३६ हजार पुगेको छ । 

त्यसैगरी नबिल ब्यालेन्स फण्ड २ ले कात्तिक मसान्तसम्ममा सूचीकृत तथा सूचीकत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. ७६ करोड ९३ लाख ९३ हजार रहेकोमा यसको बजार मूल्य ९० करोड २७ लाख ४३ हजार पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्