ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२००० विन्दुमाथि पुगेर फर्कियो बजार, करीब ९ अर्बको कारोबार 

२०७७ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । शेयर बजारले उचाई कायम गरिरहँदा सोमवार २ हजार २६ दशमलव २६ विन्दुसम्म पुगेको थियो । कारोबार शुरु भएको ४ मिनेटमै कायम गरेको उक्त उच्च विन्दुबाट फर्किएर १ हजार ९९७ दशमलव शून्य ५ विन्दुमा झरेको छ । 

अघिल्लो कारोबार दिन आइतवारको तुलनामा भने सोमवार नेप्से परिसूचक २८ दशमलव ७९ अंकले बढेको हो । आइतवार हालसम्मकै उच्च अंक ७५ दशमलव शून्य २ अंक बढेको बजार १ हजार ९६८ दशमलव २७ विन्दुमा बन्द भएको थियो । सोमवार २ हजार विन्दुबाट बजार खुला भएको थियो । यो दिने नेप्से परिसूचक सँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ६३ अंकले बढेर ३८५ दशमलव ५६ विन्दुमा पुगेको छ ।

यो दिन रू. ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । १९८ ओटा कम्पनीको ८३ हजार ५६७ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम आइतवारको भन्दा सोमवार कम भएको छ ।

आइतवार २०० ओटा कम्पनीको ८० हजार २७१ पटकको व्यापारमा रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर कारोबार भएको थियो ।सोमवार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यो दिन उक्त कम्पनीकोे रू. ३८ करोड ४८ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि सोमवार ९ दशमलव ४४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६० ले बढेर अन्तिम मूल्य रू. १ हजार ८५५ पुगेको छ । सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस दिन उक्त कम्पनीको रू. ३७ करोड ३४ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो । 
उक्त कम्पनीकोे शेयरमूल्य सोमवार प्रतिकित्ता रू. ८३ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४५४ कायम भएको छ ।

सोमवार युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको भने विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । उच्च मूल्य वृद्धि भएको युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. १६ ले वृद्धि भएर अन्तिम मूल्य रू. १७६ पुगेको हो ।

त्यस्तै उच्च मूल्य गिरावट भएको विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ३६० ले घटेर अन्तिम मूल्य रू. ३ हजार २४० कायम भएको छ । सोमवारको कारोबारमा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन जीवन बीमा समूहको परिसूचक ७ दशमलव ३४ प्रतिशत बढेको छ भने विकास बैंक समूहको २ दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ ।

विकास बैंक समूहसँगै सोमवार बैंकिङ्को शून्य दशमलव ४८ प्रतिशत, वित्तको शून्य दशमलव ५९ प्रतिशत र म्यचुअल फण्डको १ दशमलव १ प्रतिशत परिसूचक घटेको छ । यस दिन व्यापारिक समूहको ६ दशमलव ६१ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, जलविद्युतको ५ दशमलव ९३ प्रतिशत, निर्जीवन बीमा २ प्रतिशत, उत्पादन तथा प्रशोधन १ दशमलव ६९ प्रतिशत, अन्य २ दशमलव ६४ प्रतिशत र  लघुवित्त समूहको परिसूचक १ दशमलव ३ प्रतिशत बढेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्