मंसिर १५ , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमवार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याएर उनी कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याएएका थिए । महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ ।
यो पनि हेर्नुस् :
उद्योग वाणिज्य महासंघको अध्यक्ष गोल्छाले लिए पद तथा गोपनीयताको सपथ