ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोहोरो अंकले बढेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्यमा उच्च गिरावट

२०७७ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । सोमवार दोहोरो अंकले बढेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस दिन ७५ ओटा कम्पनीको शेयरमूल्य घटेकोमा विशाल बजार कम्पनीको उच्च १० प्रतिशतले घटेको हो । 

प्रतिकित्ता रू. ३६० ले घटेर सोमवार उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. ३ हजार २४० कायम भएको छ । लामो समयदेखि निरन्तर बढीरहेको उक्त कम्पनीको शेयरमूल्य आइतवारदेखि ओरालो लागेको हो । आइतवार पनि उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतलेनै घटेको हो ।

 पछिल्लो एक महीनामा १ हजार ७०० विन्दुदेखि बढेको उक्त कम्पनीकोे शेयरमूल्य गत बिहीवार रू. ४ हजार पुगेको थियो । व्यापारिक समूह अन्तर्गत रहेको कम्पनीको ४ लाख ९१ हजार ४०० कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । 

आर्थिक वर्ष २०७१/ ७२ देखि साधारण सभा गर्न नसकेको उक्त कम्पनीकोे शेयरमूल्यमा एकाएक वृद्धि देखिएको हो । विगत वर्षहरुको बाँकी लेखापरिक्षण सम्पन्न गरी एकै पटक लाभांश दिने तयारी कम्पनीको रहेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ सम्मको लेखापरिक्षक सम्पन्न गरिसकेको र बाँकी वर्षको पनि जतिसक्दो चाडो सम्पन्न गरी आगामी माघ महीनाभित्र बाँकी साधारण सभा सम्पन्न गर्ने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्