ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजारले कीर्तिमानी उचाई कायम गरिरहँदा धितोपत्र बोर्डले भन्यो : शेयर बजारमा सजगतापूर्वक लगानी गरौं

२०७७ मंसिर, १५  
लगानी
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सुसूचित भई शेयर बजारमा लगानी गर्न आग्रह गरेको छ । 

बजारले कीर्तिमानी उचाई कायम गरिरहेको अवस्थामा बोर्डले सोमवार विज्ञप्ती जारी गरी लगानी गर्दा हल्ला र अनुमानको पछि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण गरी लगानी गर्न पनि आग्रह गरेको छ । 

पछिल्ला केहि दिनमा दोस्रो बजारमा लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि हुनुका साथै कारोबार रकम र नेप्से परिसूचक उच्च अंक कायम हुनु बजारका लागि खुसीको कुरा भएको भन्दै बोर्डले समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरु विश्लेषण गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिएको हो ।

धितोपत्र बजार विकास तथा सुधारका कार्यक्रमले धितोपत्र प्राथमिक बजारमा ८ लाभन्दा बढी लगानीकर्ता र २१ लाख ८० हजारभन्दा बढी हितग्राही खाता खोल्नेको संख्या पुगेको बोर्डले बताएको छ । कुल जनसंख्याको करीब ७ दशमलव २५ प्रतिशत जनताले हितग्राही खाता खोलेको विश्वास पनि बोर्डले गरेको छ ।

धितोपत्र दोस्रो बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाईन मार्फत हुने गरेकोले नेपालको धितोपत्र बजारको आकार पछिल्लो समय बढ्दै गएको समेत बोर्डले भनेको छ ।

मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने भन्दै बोर्डले यो क्षेत्रको विकास र विस्तार गर्दै सूक्ष्म रुपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको समेत वताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्