ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टेस्लालाई चीनमा निर्मित मोडल वाई विक्रीको अनुमति 

२०७७ मंसिर, १५  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १५, शाङहाई (चीन) । चीनले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकलाई शाङहाईको कारखानामा बनेको मोडल वाई एसयूभी विक्रीको अनुमति दिएको छ । त्यहाँको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमवार आफ्नो वेबसाइटमा अनुमति सार्वजनिक गरेको छ । 

टेस्लाले यस अघि भने चीनमा मोडल थ्री कार बेच्दै आएको थियो । कम्पनीले शाङहाईको कारखानामा मोडल वाई एसयूभी पनि बनाउँदै आएको थियो । विक्रीसम्बन्धी अनुमतिका लागि कम्पनीले यसै महीनाको शुरुमा आवेदन दिएको थियो । 

कम्पनीले गत डिसेम्बरदेखि शाङहाइको कारखानामा बनेका कारको डेलिभरी दिन थालेको थियो । अक्टोबरमा कम्पनीले चीनमा १३ हजार भन्दा धेरै सवारी साधन विक्री गरेको थियो । कम्पनीले चीनमा निर्मित मोडलथ्री कार यूरोपमा निर्यात पनि शुरु गरेको छ । सन् २०२१ मा चीनमा विद्युतीय सवारी साधनको लागि चार्जर पनि बनाउने कम्पनीको योजना छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्