मंसिर १५, रियाद (साउदी अरब) । विश्वको प्रमुख तेल निर्यातकर्ता साउदी अरबले एशियाली क्रेताका लागि आधिकारिकी विक्री मूल्य (ओएसपी) बढाउने अनुमान गरिएको छ ।
जाडोयामको माग धान्न केही तेल प्रशोधनकर्ताहरुले उत्पादन बढाउन थालेसँगै तेलको भाउ बढेपछि साउदीले मूल्य बढाउन सक्ने रोयटर्सको एक सर्वेक्षणले देखाएको हो ।
साउदीको फल्यागशिप क्रुड अरब लाइटको जनवरीको ओएसपी औसतमा प्रतिब्यारेल ६५ सेन्टले बढ्न सक्ने स्रोतको भनाइ छ । मूल्य बढेमा यसले एशियाली बजारमा दैनिक रुपमा विक्री हुने करीब १ करोड २० लाख ब्यारेल क्रुड आयल प्रभावित हुनेछ ।
साउदीको सरकारी तेल कम्पनी साउदी अराम्कोले ग्राहकहरुको सिफारिसका आधारमा विगत महीना तेलको मूल्यमा आएको परिवर्तनको हिसाब गरेपछि क्रुड आयलको मूल्य तय गर्दछ । एजेन्सी