ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उत्पादन वृद्धिको योजनामा ढिलाई गर्नेबारे सोच्दै ओपेक प्लस

२०७७ मंसिर, १५  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १५, लन्डन (बेलायत) । पेट्रोलियम निर्यातकर्ता देशहरुको  समूह ओपेक र सहयोगी समूह (ओपेक प्लस)ले उत्पादन वृद्धिमा ढिलाई गर्ने सम्भावना छ । 

यसै हप्ता बस्ने बैठकमा ओपेक प्लसले नयाँ लकडाउन र अमेरिकाको शेल इन्धन उत्खननमा भएको वृद्धिको प्रभावमाथि कोरोना भाइरस विरोधीे खोपको समाचारले पार्ने प्रभावबारे छलफल गर्ने अनुमान गरिएको छ । 

ओपेक प्लसको दुई दिने बैठक सोमबार शुरु भएको छ । यस बैठकमा समूहले नयाँ चरणको उत्पादन नीतिबारे छलफल गर्नेछ । यस अघि अप्रिलमा भने समूहले दैनिक रुपमा ९७ लाख ब्यारेल कटौती हुँदै आएको तेल उत्पादन  ७७ लाख ब्यारेलमा झार्ने सहमति गरेको थियो । 

दैनिक उत्पादन कटौती जनवरीदेखि २० लाख ब्यारेलले कम गर्ने योजना समूहको थियो । तर यो योजना तीनदेखि ६ महीना पछाडि धकेलिन सक्ने विश्लेषकहरुले बताइरहेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्