ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश १ मा ८६ ओटा अस्पताल शिलान्यास

२०७७ मंसिर, १५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, धरान । प्रदेश १ मा सोमवार ८६ ओटा अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशभर ५ शय्याका २७, १० शय्याका १४ र १५ शय्याका ४५ गरी जम्मा ८६ ओटा अस्पताल निर्माण हुने भएका छन् । प्रदेशमा सबैभन्दा धेरै झापामा ११ ओटा अस्पतालको शिलान्यास गरिएको छ भने उदयपुरमा सबैभन्दा थोरै तीन ओटा रहेका छन् । 

यसैगरी मोरङका ७ ओटा पालिकामा सात ओटा अस्पताल बन्नेछन्, जसअनुसार १५ शय्याको अस्पताल बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी बयरबन, केराबारी र रतुवामाईको झुर्कियामा निर्माण गरिन छ भने लेटाङ र बुढीगंगाको सिसवनीमा १० शय्याका अस्पताल बन्नेछन् ।

मोरङका ६ ओटा निर्वाचन क्षेत्रमध्ये स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र ३ मा तीन ओटा अस्पताल बन्ने भएका छन् । बयरवन, बेलबारी र पथरीशनिश्चरे नगरपालिकामा १५ शश्याको आधारभूत अस्पताल बनाउने सरकारको तयारी छ ।

सुनसरीमा पाँच स्थानीय तहमा जम्मा पाँच ओटा अस्पताल बनाइनेछ, जसअनुसार हरिनगरा, रामधुनी, इटहरी र चतरामा १५ शय्याको अस्पताल निर्माण गरिनेछ । यस्तै देवानगञ्जमा भने १० शय्याको अस्पताल बन्नेछ । 

झापामा हल्दीबारी, गौरीगन्ज, कमल, शिवसताक्षी शिवगंज, कचनकवल बनियानी, मेचीनगर धुलाबारी, कान्काई सुरुंगा, गौरादह र बिर्तामोड अनारमनीमा १५ शय्याका अस्पताल बन्नेछन् । झापाको टागनडुब्बा र बुद्धशान्तिमा भने १० शय्याको अस्पताल निर्माण हुनेछन् ।

ताप्लेजुङमा ६ ओटा स्थानीय तहमा ६ ओटा अस्पताल निर्माण हुनेछन् । पाँचथरमा सात, इलाममा सात, संखुवासभामा सात, तेह्रथुममा पाँच, धनकुटामा चार, भोजपुरमा पाँच, खोटाङमा छ, सोलुखुम्बुमा पाँच, ओखलढुंगामा सात, उदयपुरमा तीन ओटा स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारले घोषणा गरेको छ । यसैगरी झापाको गौरदह र अनारमनी बिर्तामोडमा १५ शय्या, झापा गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण हुनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्