ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोलखाका ६ स्थानीय तहमा अस्पताल शिलान्यास

२०७७ मंसिर, १५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, दोलखा । दोलखाका विभिन्न ६ ओटा स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको ६ ओटा अस्पताल बनाइने भएको छ । संघीय सरकारले स्थानीय तहमा अस्पताल स्थापनाका लागि रकम विनियोजन गरेपछि सोमवार उक्त अस्पताल भवनहरूको शिलान्यास गरिएको हो । 

जिल्लाका भीमेश्वर, वैत्यश्वर, मेलुङ, तामाकोशी, गौरीशंकर र शैलुङमा अस्पताल शिलान्यास हुनुपर्नेमा गौरीशंकर गाउँपालिकामा स्थान विवादको कारण अस्पताल शिलान्यास हुन सकेन । कालिञ्चोक गाउँपालिकाको सिँगटीस्थित सिँगटी प्राथमिक स्वास्थ्य केन्द्रलाई भने १५ शय्या क्षमतामा स्तरोन्नति गरिएको छ ।

वैत्यश्वर गाउँपालिकाको मैनापोखरी, भीमेश्वर नगरपालिकाको चरीकोट, तामाकोशी गाउँपालिकाको मालु, गौरीशंकर गाउँपालिकाको सुरी, मेलुङ गाउँपालिकाको भेड्पु र शैलुङ गाउँपालिकाको बागखोरमा अस्पताल शिलान्यास गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।

गौरीशंकर गाउँपालिका–५, सुरीको इविथानमा १५ शय्याको अस्पताल शिलान्यास गरिएको गौरीशंकर गाउँपालिकाका स्थानीय विमल आचार्यले जानकारी दिए । तीन गाउँपालिकाको केन्द्र सिंगटीमा स्तरोन्नति गरिएको अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्