मंसिर १५, काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रिय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास सोमवार गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रिय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीय र सवल बनाउने बैंकले जानकारी दिएको छ ।
उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु त्था बैंकका कर्मचारीहरु उपस्थित भएका थिए ।
हाल बैंकले १३८ ओटा शाखा कार्यालयहरुमर्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।