ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईएचएस मार्किट किन्ने सम्झौता नजिक एसएण्डपी ग्लोबल 

२०७७ मंसिर, १५  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १५, न्यूयोर्क (अमेरिका) । अमेरिकी वित्तीय सूचना प्रदायक तथा  विश्लेषक कम्पनी एसएण्डपी ग्लोबल अमेरिकी–बेलायती सूचना प्रदायक कम्पनी आईएचएस मार्किट किन्ने सम्झौता नजिक पुगेको छ । 

सम्झौता छिटोमा सोमवार घोषणा हुन सक्ने यस मामिलाबारे जानकार स्रोतको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयटर्सले समाचार छापेको छ । आईएचएसका लागि एसएण्डपी ग्लोबलले करीब ४४ अर्ब डलर बराबरको शेयर दिने स्रोतको भनाइ छ । 

यसबारे एसएण्डपी ग्लोबल र आईएचएसले यो समाचार तयार पार्दासम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यो यस वर्षकै सबैभन्दा ठूलो सम्झौता हुनेछ । कोरोना भाइरस विरोधी खोपको विकासमा सफलता हात परेसँगै आर्थिक परिदृश्य सुध्रिएको अवस्थामा सम्झौता गतिविधि बढ्ने संकेत यसले गरेको छ । 

शुक्रवार बजार बन्द हुँदा आईएचएसको बजार पूँजीकरण ३६ अर्ब ८८ करोड डलर रहेको थियो । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब २२ प्रतिशतले बढेको छ । पछिल्लो समय वित्तीय सूचना बजारमा प्रतिस्पर्धा तीव्र बढिरहेकोले यस सम्झौताले नियामक कडाईको सामना गर्ने अपेक्षा गरिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्