काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा सोमवार सरसफाई गर्दै कर्मचारीहरु । दैनिक हजारौं जना भक्तजनहरुले दर्शन गर्ने उक्त मन्दिर कोरोना भाइरस महामारीका कारण बिगत ९ महीनादेखि नित्य पूजा बाहेक अन्य पूजाआजा गर्नका लागि सरकारले बन्देज लगाएको छ ।
लामो समयदेखि मन्दिर बन्द रहदा त्यहाँ पुष्प व्यापार गरेर जीविका चलाउने व्यापारीहरुलाई समस्या परेको उनीहरुले बताए । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान