ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालीगण्डकीमा पक्की पुल बन्दै

२०७७ मंसिर, १५  
गण्डकी प्रदेश
NA

पर्वत (अस) । पर्वतको कुश्माबाट बागलुङको बलेवा जोड्नेगरी मोटरेबल पुल निर्माण गरिने भएको छ । कुश्मा नगरपालिका–४ को चाक्लेडिलबाट बलेवाको नेपाने जोड्नेगरी पक्की पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि आवश्यक पर्ने सडकको निकास, जग्गाको व्यवस्थापन, डीपीआर निर्माण, टेण्डर प्रक्रिया लगायत विषयमा नगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेको छ । पुल निर्माणमा नगरपालिकाले सहजीकरण गर्ने निर्णय भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । पुल निर्माणको प्रारम्भिक अध्ययन भएको र मङ्सिरभित्र डीपीआर तयार पारी टेण्डर आह्वान गरिने उनले बताए । पर्वत र बागलुङ जोड्ने पुलका लागि सरकारको माथिल्लो निकायसम्म समाजसेवी मेघनाथ पौडेलले पहल गरिरहेका छन् । कालीगण्डकी नदीमा नेपालका लामा र अग्ला पुलहरूको निर्माणमा समेत उनको सक्रियता थियो । कालीगण्डकीमा मोटरेबल पुल निर्माणको लागत डेढ अर्ब रहने अनुमान गरिएको छ । उक्त पुल करीब ५७० मिटर लामो र १४५ मिटर उचाइमा रहने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्