ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चरासँग ठोक्कियो कैलाश हेलिकप्टरको विमान

२०७७ मंसिर, १५  
बजार
NA
author avatar अभियान संवाददाता

 काठमाडौं । कैलाश हेलिकप्टर सेवा प्रालिको एएस३५० बी२ हेलिकप्टरमा गिद्ध ठोकिएको छ । आइतबार १२ः३० बजे वाग्लुङबाट काठमाडौंतर्फ ५ जना यात्री बोकेर आउँदै गरेको सो विमानको विन्ड सिल्डमा गिद्ध ठोक्किएको हो ।

सो घटनापछि विमानका क्याप्टेन दीपक गर्बुजा पुनले तत्कालै नुवाकोटको बेलकोटगढीस्थित दुईपिपलमा विमानको आपतकालीन अवतरण गराएको कम्पनीले बताएको छ ।

चालकसहित सबै यात्री सकुशल रहे पनि एक यात्रीको घुँडामा सामान्य चोटपटक लागेको कम्पनीले जानकारी दिएको छ । विमानको विन्ड सिल्डमा पनि थोरै क्षति पुगेको छ । यात्रीहरूको उद्धारका लागि कम्पनीले सो घटना घटेको केही समयभित्रै अर्को हेलिकप्टर पठाएको थियो । दुर्घटनाग्रस्त विमान सोमबार काठमाडौं फिर्ता आएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्