ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंकको कर्पोरेट पे प्रणाली

२०७७ मंसिर, १५  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंक लिमिटेडले ‘कर्पोरेट पे’  प्रणाली सुरु गरेको छ । व्यावसायिक ग्राहकका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक सो प्रणाली सुरु गरिएको हो ।

‘कर्पोरेट पे सलुसन्स’ नेपाल क्लियरिङ हाउसद्वारा प्रवर्द्धित बैंकिङ कारोबार गर्ने विद्युतीय माध्यम हो । यस प्रणालीमार्फत व्यवसायहरूले बैंक खाताबाट सजिलै कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यवासायिक भुक्तानी गर्न सक्नेछन् ।

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस वा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सकिनेछ । यस प्रणालीमा आबद्ध भएका व्यावसायिक ग्राहकले आपूmले तोकेको कारोबार सीमाभित्र बैंकको प्रत्यक्ष संलग्नताबिना कुनै पनि भुक्तानी गर्न सक्छन् ।

यस प्रणालीमा बहु–पत्रे प्रमाणीकरण (मल्टि–लेयर अथेन्टिकेसन) को सुरक्षित व्यवस्था छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउनेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्