मंसिर १६, काठमाडौं । मंगलवार घटिरहेको बजारमा अपर तामाकोशीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
कारोबारकोे दुई घण्टाको अवधिमा बजार १५ दशमलव ३४ अंकले घटेर १ हजार ९८१ दशमलव ७१ विन्दुमा झरेको छ । नेप्से परिसूचक घटेपनि जलविद्युत् समूह १ दशमलव २३ प्रतिशत बढेको छ ।
कम्पनीको शेयर खरीद चाप उच्च हुदाँ मूल्य वृद्धि भएको हो । अपरान्ह १ : २० बजेसम्ममा कम्पनीको शेयर प्रतिकित्ता रू. ३२ ले मूल्य बढेर रू. ३५७ पुगेको छ । सो अवधिसम्म उक्त कम्पनीको ६८ हजार ५६२ कित्ता शेयर खरीद गर्ने माग रहेको छ भने विक्री कर्ता देखिएका छैनन् ।