ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फरवार्ड कम्युनिटीको ३२.५० % बोनस शेयर सूचीकृत 

२०७७ मंसिर, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ३२ दशमलव ५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ ।
 मंगलवार कम्पनीले उक्त बोनस शेयर वापतको १२ लाख २७ हजार ४३४ कित्ता शेयर सूचीकृत गराएको हो । 

बुधवारदेखि यो शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यो शेयर कारोबार गर्न सक्नेछन् । 
कम्पनीले गत पुस २९ गते यो बोनस शेयर पारित गरेको थियो ।

बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले उक्त सभाबाट १२ दशमलव ५० प्रतिशत नगद लाभांश समेत पारित गरेको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्