ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा २.९५ अंकले बढ्यो बजार, ५ अर्बभन्दा बढीको शेयर खरीदविक्री (२ बजेको अपडेट)

२०७७ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढेको छ । 

कारोबार शुरु भएदेखि नै उतारचढावमा रहेको बजार कारोबारको तेस्रो घण्टामा शून्य दशमलव १५ प्रतिशत बढेर २ हजार विन्दुमा पुगेको छ । 

तेस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. ५ अर्ब ४३ करोड ३८ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन,  निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ६ दशमलव ३४ प्रतिशतले बढेको हो ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६० करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५९५ मा कारोबार भइरहेको छ ।

कारोबारको तेस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ३५७ कायम भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ दशमलव ७० प्रतिशतले बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्