ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च        

२०७७ मंसिर, १६  
अन्तरराष्ट्रिय
Image Not Found
कारखानामा कार्यरत मजदूरहरुको फाइल फोटो

मंसिर १६, टोकियो । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ ।     
     
वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।     
     
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कुल वेरोजगार व्यक्तिको सख्या २१ लाख ४० हजार पुगेको छ ।     
     
जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार शून्य दशमलव २ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३ दशमलव ४ पुगेको तर महिलातर्फको वेरोजगार दर (२ दशमलव ७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि देखाएको छ ।     
     
त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १ दशमलव शून्य ३ रहेकोमा अक्टोबरमा १दशमलव शून्य ४ मा पुगेको अर्थात् हरेक १०० जना व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।     
     
जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छूटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुर्‍याइएको छ ।  रासस/ सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्