मंसिर १७, टोकियो (जापान) । जापानमा सबैका लागि निःशुल्क कोभिड–१९ विरोधी खोप उपलब्ध गराउने विधेयक पारित भएको छ । बुधवार त्यहाँको माथिल्लो सदनले विधेयक पारित गरेको हो ।
तल्लो सदनले यस अघि नै विधेयकलाई मञ्जुरी दिइसकेको थियो । विधेयकले स्थानीय सरकारहरुलाई खोप वितरणका लागि जिम्मेवार बनाएको छ । कानूनमा नागरिकहरुलाई खोप लगाउन बाध्य पारिने प्रावधान समेत रहेको छ ।
१२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउन दुवै सदनबाट बजेट समेत पारित गरिएको छ । सरकारले छ करोड मानिसका लागि अमेरिकी फर्मा कम्पनी फाइजरको खोप ल्याउने सुनिश्चित गरिसकेको छ ।
बाँकी दुई करोड ५० लाख जनाका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ । १२ करोड मानिसलाई पुग्नेगरी बेलायती कम्पनी अस्त्रजेनेकाको खोप ल्याउने तयारी भइरहेको छ । आगामी वर्षको पूर्वार्द्धसम्म सबैका लागि आवश्यक खोपको जोहो गर्ने प्रतिबद्धता सरकारले गरेको छ । एजेन्सी