ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेलायतमा फाइजरको कोभिड–१९ विरोधी खोपलाई प्रयोगको अनुमति

२०७७ मंसिर, १७  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १७, लन्डन (बेलायत) । बेलायतले अमेरिकी फर्मा कम्पनी फाइजर र जर्मन बायोप्रविधि कम्पनी बायोएनटेकको कोरोना भाइरसको संक्रमण विरोधी खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिएको छ । 

यस्तो अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । बेलायती नियामक संस्था एमएचआरएका अनुसार खोप आगामी सातादेखि लगाउन शुरु गर्न सकिनेछ । खोपको शुरुआत सर्वाधिक जोखिममा रहेका मानिसबाट गरिएको छ । बेलायतले खोपको चार करोड मात्रा किनिसकेको छ । 

यो दुई करोड मानिसका लागि पर्याप्त हुनेछ । यी मध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने बताइएको छ । आठ लाख मात्रा भने केही दिनमा आइपुग्ने छ । खोपको इतिहासमा सबैभन्दा छिटो स्वीकृति पाउने खोप यही खोप हो । दश महीनाको अवधिमा खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । खोप कार्यक्रमका लागि करीब ५० अस्पताल तैयारी अवस्थामा राखिएको छ । अन्य खोप केन्द्रहरू पनि तयार गर्न थालिएको छ । 

खोप सुरु भएपछि पनि सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनु पर्ने विज्ञहरूको भनाइ छ । अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणमा फाइजरको सो खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्