ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा १४.४१ अंकले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७७ मंसिर, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १८, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १४ दशमलव ४१ अंकले बढेको छ । 

२ हजार ०९० दशमलव ८० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७० प्रतिशतले बढेर २ हजार ०८५ दशमलव ४४ विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको २० हजार २६० पटकको कारोबारमा ४१ लाख ३३ हजार ६९५ कित्ता शेयरको रू. २ अर्ब ८३ करोड २२ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, सिभिल लघुवित्त र नेपाल सेवा लघुवित्तको शेयरमूल्य क्रमशः ९ दशमलव ९५, ९ दशमलव ८२ र ९ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, वित्त, लघुवित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६७ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ७६० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्