ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी

२०७७ मंसिर, १८  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १८, नयाँदिल्ली  । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीवारसम्म ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।     
     
विगत २४ घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कुल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ ।     
     
भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले बताएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६४८ पुगेको छ ।     
     
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको बतएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए ।     
     
भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार ५३७ छ । यस राज्यमा ४७ हजार ३५७ जनाको मृत्यु भइसकेको छ ।     
     
यसैबीच, विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार ३४६ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।     
     
कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म १ करोड ४३ लाख संक्रमित भएकामध्ये २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भइसकेको छ । तेस्रो सर्वाधिक असर परेको ब्राजिलमा ६४ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका र त्यसमध्ये १ लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ ।     
     
विश्वभर मृत्यु भएकाको संख्याका आधारमा चौथो स्थानमा मेक्सिको रहेको छ जहाँ १ लाख ७ हजार ५६५ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ५९ हजार ६९९, इटालीमा ५७ हजार, फ्रान्समा ५३ हजार ८१६, इरानमा ४८ हजार ९९०, स्पेनमा ४५ हजार ७८४ तथा रसियामा ४१ हजार ५३ जनाको मृत्यु भइसकेको छ । रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्